कर्णालीका ६ जिल्लामा सधैं खाद्यान्न अभाव – Nepal Press

कर्णालीका ६ जिल्लामा सधैं खाद्यान्न अभाव

सुर्खेत । आधुनिक खेती प्रणालीबारे प्रचारकाे अभाव र कार्यान्वयनकाे कठिनाई हुँदा कर्णाली प्रदेशका ६ जिल्लामा हरेक वर्ष खाद्यान्नको अभाव हुने गरेको छ ।

कालिकोटलाई वार्षिक १७ हजार ९ सय ६४ मेट्रिकटन खाद्यान्न अपुग हुने गरेको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । कालिकोटमा ११ हजार सातसय ७५ मेट्रिकटन मात्रै खाद्यान्न उत्पादन हुने गरेको छ ।

हुम्लामा वार्षिक १० हजार ८ सय ५७ मेट्रिकटन खाद्यान्न आवश्यक पर्ने भएपनि दुईहजार पाँचसय ८४ मेट्रिकटन मात्र खाद्यान्न उत्पादन हने गरेको पाइएको हो । हुम्लाले हरेक वर्ष आठहजार दुईसय ७३ मेट्रिकटन खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ ।

वार्षिक ११ हजार ७ सय १० मेट्रिकटन खाद्यान्न आवश्यक हुने मुगमा ६ हजार २ सय ६६ मेट्रिकटन मात्रै उत्पादन हुन्छ । मुगुले पनि वार्षिक ५ हजार ४ सय ४४ मेट्रिकटन खाद्यान्न आयात गर्ने गरेको छ ।

वार्षिक २२ हजार ६ सय ६८ मेट्रिकटन खाद्यान्न आवश्यकपर्ने जुम्लामा पनि १५ हजार ६ सय ३८ मेट्रिकटन मात्र उत्पादन हुन्छ । जुम्लाले पनि वार्षिक सात हजार ३० मेट्रिकटन आयात गर्दै आएको छ ।

जाजरकोटमा वार्षिक २ हजार ३ सय ९७ र डोल्पामा २ हजार ४ सय ८६ मेट्रिकटन खाद्यान्न अपुग हुन्छ । जाजरकोटमा २९ हजार एकसय ६७ र डोल्पामा ७ हजार ८ सय ४ मेट्रिकटन खाद्यान्न आवश्यक पर्दछ । तर जाजरकोटले ३६ हजार ७ सय ७० र डोल्पाले ५ हजार ३ सय १७ मेट्रिकटन मात्र खाद्यान्न उत्पादन गर्दछन् ।

माग अनुसार खाद्यान्न उत्पादन नभएपछि कर्णालीका ६ जिल्लामा सधै खाद्यान्न अभाव हुँदै आएको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *