मलेसियामा बाढी : १४ को मृत्यु, ७० हजार विस्थापित – Nepal Press

मलेसियामा बाढी : १४ को मृत्यु, ७० हजार विस्थापित

शाह अलाम । मलेसियामा आएको बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

केही दिनदेखिको अत्याधिक बर्षाका कारण बाढी आएर धनजनको क्षति गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

बाढीका कारण अन्य ७० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् ।

बाढीबाट मलेसियाको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । त्यस बाहेक करिब सात ओटा प्रान्त बाढीबाट प्रभावित भएका बताइएको छ ।

उद्धारकर्ता, सहयोगदाता तथा सरकारी अधिकारीहरुले विस्थापितहरुलाई सहयोग प्रदान गरेका छन् ।

मलेसियाको सैन्य टोली तथा उद्धारकर्ताहरुले बाढी पिडित, डुवानमा परेका तथा विस्थापितहरूलाई डुङ्गाबाट मङ्गलबार पनि खाद्य पदार्थ वितरण गरेका थिए ।

बाढीका कारण सडक, विद्युत, सञ्चारलगायतका सेवा अवरुद्ध भएका छन् भने उद्धार कार्यमा समेत कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन् ।

जताजतै बाढी भएकाले कतिपय व्यक्तिहरू थुनिएको वा डुवानमा परेको ठाउँबाट पौडिदै ज्यान जोगाउन र सुरक्षित स्थानमा पुग्न सफल भएका छन् ।

मलेसियामा बाढीका कारण अरु लाखौँ नागरिक प्रभावित भएको अधिकारीहरूले जनाएका छन् । रासस/एएफपी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर