राष्ट्रिय वाणिज्य बैंकको २५७औं शाखा खोटाङको रावावेशीमा – Nepal Press

राष्ट्रिय वाणिज्य बैंकको २५७औं शाखा खोटाङको रावावेशीमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले खोटाङ जिल्लाको रावावेशी गाउँपालिका वडा न. १ हरमटारमा शाखा विस्तार गरेको छ ।

बैंकले २५७औं शाखा कार्यालय रावावेशी विस्तार गरी कारोबार सुरु गरेको जनाएको छ ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले मंगलबार उक्त शाखाको सेवा सुरु गरेका हुन् ।

उक्त अवसरमा माधवप्रसाद रेग्मीले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ्ग पहुंच पुर्याउने उद्धेश्य अनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुशी लागेको बताउँदै पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको जानकारी गराए ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २ सय ५७ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर