थपिए २९० कोरोना संक्रमित, २३२ जना डिस्चार्ज – Nepal Press

थपिए २९० कोरोना संक्रमित, २३२ जना डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड – १९) का २९० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ८९ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

१२ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा २५३ र ४ हजार ६१६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले आज २३२ जना संक्रमित निको भएर घर फर्किएको जनाएको छ ।

यस्तै आज थप ३ जनाको मृत्यु भएको छ । अहिले देशभरी ५ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर