‘दी प्रेमपूजा–२’को घोषणा, छिट्टै छायांकन – Nepal Press

‘दी प्रेमपूजा–२’को घोषणा, छिट्टै छायांकन

काठमाडौं । तीन दशकअघि ‘प्रेमपूजा’मार्फत अभिनयमा प्रवेश गरेका विमल पौडेलले नयाँ चलचित्र ‘दी प्रेमपूजा–२’ घोषणा गरेका छन् ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी पौडेलले नेपाल र बेल्जियममा छायाकन हुने जानकारीसहित कलाकार तथा प्राविधिक टिम घोषणा गरेका हुन् ।

‘बि कम्पनी’को निर्माण तथा ‘क्याराभान नेपाल’को प्रस्तुति रहेको चलचित्रमा सफल पौडेल, एलिजा श्रेष्ठ र रजनी केसीको मुख्य भूमिका रहेको छ । अन्य कलाकारहरूमा सुवास गजुरेल, बबि रोजा ढकाल, सविता कार्की, मनिषा केसी, दिनेश कुँवर, लक्ष्मण नेपाल रहेका छन् ।

यस्तै गीत–संगीत दयाराम दाहाल र हरि भूषालको रहेको छ भने छायाकनमा महेन्द्र थापा तथा सहनिर्देशकको रुपमा विनय गौतम रहेका छन् ।

‘तीन दशकपछि आफ्नो पुरानो टोली र नयाँ कलाकारसहित दी प्रेमपूजा– २ घोषणा गरेको छु’ लेखन तथा निर्देशक दुवैको भूमिकामा रहेका पौडेलले भने, ‘कोभिड महाकारीले गर्दा संकटमा परेको चलिचत्रि क्षेत्रमा नयाँ उर्जा र आधार दिने उद्देश्यले यो चलचित्र बनाउन लागेको हुँ ।’

वरिष्ठ कलाकार सुवास गजुरेलले दी प्रेमपूजा–२ विदेशमा छायाकन गर्ने भनिए पनि मूल कथावस्तु नेपाली समाज र संस्कृति रहेको बताए । उनले भने, ‘मौलिक नेपाली स्वादको स्तरीय सिनेमा बनाउन सक्यो भने नेपाली सिनेमाको उत्थान हुन्छ । प्रेमपूजाले त्यो पुरा गरोस् भन्ने शुभकामना दिन चाहन्छु ।’

तीन दशकदेखि नेपाली चलचित्रमा सक्रिय विमल पौडेलको निर्देशनमा यसअघि किसान, जनयुद्ध, नागरिक, पोखराकी कालीलगायत चलचित्र प्रदर्शन भइसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर