प्रभु क्यापिटल पोखरा फाइनान्सको सेयर रजिष्ट्रारमा नियुक्त – Nepal Press

प्रभु क्यापिटल पोखरा फाइनान्सको सेयर रजिष्ट्रारमा नियुक्त

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड पोखरा फाइनान्स लिमिटेडको सेयर रजिष्ट्रारमा नियुक्त भएको छ ।

सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि पोखरा फाइनान्स लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।

सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रवीचन्द्र गुरुङ्ग र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका छन् ।

२०७८ पुष ५ गतेदेखि लागू हुने गरी पोखरा फाइनान्सले प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले पोखरा फाइनान्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर