ओमिक्रोन संक्रमणबाट अमेरिकामा पहिलो मृत्यु, आज देशवासीलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेन – Nepal Press

ओमिक्रोन संक्रमणबाट अमेरिकामा पहिलो मृत्यु, आज देशवासीलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेन

काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणबाट अमेरिकामा पहिलो मृत्यु भएको छ । त्यहाँको टेक्सस राज्यमा मृत्यु पुष्टि भएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

खोप नलगाएका ती व्यक्तिको उमेर ५० देखि ६० वर्ष मानिएको छ । अमेरिकामा ओमिक्रोनको संक्रमित संख्यामा व्यापक वृद्धि भैरहेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार गत डिसेम्बर ११ सम्म भेटिएका अधिकांश संक्रमणमा ७३.२ प्रतिशत केस ओमिक्रोनका छन् ।

त्यहाँको उत्तरपश्चिम, दक्षिण र मध्यपश्चिमका केही क्षेत्रमा यो आँकडा ९० प्रतिशतभन्दा बढी देखिएको छ । अमेरिकाको पछिल्लो राष्ट्रिय संक्रमण दरका अनुसार पछिल्लो साता अमेरिकामा ६ लाख ५० हजारभन्दा बढी केस भेटिएका छन् ।

ह्वाइट हाउसका अनुसार बुस्टर डोज र पूर्ण मात्रा खोप लगाइसकेका मानिसहरु पनि संक्रमित पाइएका छन् । संक्रमण बढेसँगै केही अमेरिकी राज्यले आवागमनमा कडाइ गर्न थालेका छन् । तर, राष्ट्रपति बाइडेन लकडाउन लगाउने तयारीमा छैनन् । उनले मंगलबार देशवासीलाई सम्बोधन गर्ने तयारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर