माओवादीले कार्यकर्तालाई तीन तहको पाठ्यक्रम बनाएर पढाउने – Nepal Press

माओवादीले कार्यकर्तालाई तीन तहको पाठ्यक्रम बनाएर पढाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले तीन तहको पाठ्यक्रम बनाएर कार्यकर्तालाई पढाउने भएको छ ।

माओवादी केन्द्रको सोमबार बसेको स्कुल विभाग पहिलो बैठकले आधारभूत, माध्यमिक र उच्च तहको पाठ्यक्रम निर्माणगरि सोहीअनुरूप पाठ्यसामग्री तयार पार्ने निर्णय गरेको विभाग सदस्य मनहरी तिमिल्सेनाले जानकारी दिए ।

विभाग प्रमुख गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले केन्द्रको तर्फबाट उच्च तहका कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने, प्रदेश र पालिका स्तरमा माध्यमिक र आधारभूत तहका कक्षाहरू सञ्चालन गर्ने तथा वडा तहमा स्वअध्ययनको संस्कृति विकास गर्ने निर्णय गरेको हो ।

बैठक मापार्टीको निश्चित तहको जिम्मेवारी लिन निश्चित तहको कक्षा लिनैपर्ने बाध्यकारी वैधानिक व्यवस्था आवश्यक रहेको, पूर्वीय दर्शन र चिन्तन प्रणालीको मार्क्सवादी विश्लेषण आवश्यक रहेको लगायतमा जोड दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर