बागमती माओवादीमा नेतृत्वका लागि क-कसले दिए उम्मेदवारी ? (सूचीसहित) – Nepal Press

बागमती माओवादीमा नेतृत्वका लागि क-कसले दिए उम्मेदवारी ? (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएकाे छ ।

प्रदेश अध्यक्षका लागि दुईजनाले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । प्रदेश निर्वाचन समितिका अनुसार अध्यक्षमा दिनानाथ गौतम र सरल सहयात्री पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै तीन उपाध्यक्षका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार उपाध्यक्षमा दिपेन्द्र श्रेष्ठ, रुपा महर्जन, रामप्रसाद टुंगाना, मैनकुमार मोक्तान, शिव कोइराला ज्वाला रहेका छन् ।

यस्तै, श्रीगोविन्द महर्जन, प्रेमबहादुर पुलामी छिन्तु, रामध्वज डल्लाकोटी, दिलबहादुर विक विनोद, अमरबहादुर विश्वकर्मा प्रतिस्पर्धामा रहेका छन् ।

यस्तै एक सचिवका लागि चार जनाले दावी गरेका छन् । जसमा धर्म महर्जन, रामचन्द्र अधिकारी आरसी, इन्द्रबहादुर थिङ छिन्ताङ, अन्जानकुमार तिमिल्सिना रहेका छन् ।

यस्तै तीन सहसचिवका लागि १० जना र कोषाध्यक्ष एक पदका लागि तीन जनाको दावी परेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर