खुम्बुमा पहिलो पटक ट्रेकिङ गाइड तालिम – Nepal Press

खुम्बुमा पहिलो पटक ट्रेकिङ गाइड तालिम

काठमाडौं । पदयात्रा र पर्वतारोहणको मुख्य क्षेत्र मानिने सोलुखुम्बुको खुम्बु क्षेत्रमा पहिलो पटक ट्रेकिङ गाइड तालिमको आयोजना गरिएको छ ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र खुम्बु माउन्टेनेरिङ एसोसिएसनको संयुक्त आयोजनामा पाँच दिने तालिम सम्पन्न भएको हो ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका– १ खरिखोलामा पाँच दिने सहायक ट्रेकिङ गाइड तालिम सम्पन्न भएको हो ।

तालिममा स्थानीय खुम्बु क्षेत्रका २० जना पर्यटन मजदुरहरुको सहभागिता रहेको खुम्बु माउन्टेनेरिङ एसोसिएसनका अध्यक्ष आङदावा शेर्पाले जानकारी दिए ।

रक क्लाइम्विङ, हाइकिङ, प्याकिङ देखि पदयात्रामा गर्नुपर्ने अधिकांस सीपहरु तालिमका क्रममा दिइएको शेर्पाले जानकारी दिए ।

दुर्गम मध्येमा पर्ने यस खुम्बु क्षेत्रमा पहिलो पटक तालिम आयोजना हुदाँ बर्षौ देखि पदयात्रा क्षेत्रमा लागेका मजदुरहरुले गाउँमै तालिम लिन पाएका थिए । यस अघि मनाङ र काठमाडौं आसपासमा मात्र तालिम हुने गरेको थियो ।

हाल नेपालमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले गाइड तालिम दिदै आएका छन् ।

हाल नेपालमा ट्रेकिङ, टुर, सिटी र पोर्टर गाइड गरी करिव १८ हजार लाइसेन्स प्राप्त गाइड रहेको पर्यटन विभागको तथ्याङक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर