हङकङको चुनावमा बेइजिङ समर्थित उम्मेदबारहरुको जित – Nepal Press

हङकङको चुनावमा बेइजिङ समर्थित उम्मेदबारहरुको जित

हङकङको विधायन काउन्सिल (लेग)को चुनावमा बेइजिङ समर्थित उम्मेदबारले जित हासिल गरेको बताइएको छ । बीबीसीले उक्त चुनावमा अहिलेसम्मकै कम मतदान भएको उल्लेख गरेको छ ।

चीनले हङकङको निर्वाचन प्रणालीमा ब्यापक तर विवादास्पद परिवर्तन गरेपछि पहिलोपटक यस्तो चुनाव भएको हो । अधिकारीहरुले स्थायित्व सुनिश्चित गर्न यस्तो गर्नुपरेको तर्क गर्छन् भने आलोचकहरु चाहिँ यसले लोकतन्त्रलाई कमजोर तुल्याउने बताउँछन् ।

सोमबार बेइजिङले हङकङेली विशेषतासहितको लोकतन्त्र नामक रुपरेखा र मार्गदर्शन पनि सार्वजनिक गरेको छ । चुनावको नतिजा सार्वजनिक भएको केही घण्टामै बेइजिङले हङकङमा नयाँ व्यवस्था सुरु भएको उल्लेख गरेको छ ।

सानो संसद मानिने लेगको हङकङको शक्तिशाली प्रशासनीय निकाय हो । स्थानीय न्यूज एजेन्सी एचके०१ का एक प्रतिनिधिका अनुसार उक्त चुनावमा ९० सिटमध्ये ८२ वटामा बेइजिङ समर्थित उम्मेदबारले जित हासिल गरेका छन् ।

संस्थापन इतर पक्षबाट एकजनाले मात्र जितेका छन् भने अन्यको पृष्ठभूमि सार्वजनिक गरिएको छैन । हङकङ सरकारले चाहिँ नाम दर्ता गरिएका ४.५ मिलियन नागरिकलाई भोट हाल्न आग्रह गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर