इन्द्रेणीको आगलागी नियन्त्रणमा आउँदै, सडकमा रमितेको भिड – Nepal Press

इन्द्रेणीको आगलागी नियन्त्रणमा आउँदै, सडकमा रमितेको भिड

काठमाडौं । नयाँ वानेश्वरको इन्द्रेणी फुडल्यान्डमा भएको आगलागी नियन्त्रणमा आउन लागेको छ । आगलागी नियन्त्रणमा लागि पाँचवटा दमकल प्रयोग भएका छन् ।

इन्द्रेणी कम्प्लेक्सको माथिल्लो तल्लामा रहेको जीम सेन्टरबाट आगलागी सुरु भएको थियो । करिब एक घन्टापछि आगलागी नियन्त्रणमा आउन लागेको हो ।

अहिले घटनास्थलमा नेपाली सेनाको एउटा, काठमाडौं महानगरपालिकाको दुईवटा, ललितपुर महानगरपालिकाको एउटा र भक्तपुरको एउटा दमकल परिचालित छन् ।

इन्द्रेणी कम्प्लेक्स अगाडि रमितेहरुको भिड लागेको छ । जसका कारण वानेश्वर–माइतीघर सडक खण्डसमेत प्रभावित बनेको छ । आगलागी सुरु हुनासाथ धेरै मानिसहरु फोटो/भिडियो खिच्न र लाइभ गर्न व्यस्त बनेका थिए ।

आगलागीबाट अहिलेसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । भौतिक क्षतिको कुनै विवरण प्राप्त भइसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर