म्यानमार सेनाले ४० जनाको सामूहिक हत्या गरेको प्रमाण फेला – Nepal Press

म्यानमार सेनाले ४० जनाको सामूहिक हत्या गरेको प्रमाण फेला

यांगुन । म्यानमार सेनाले गत जुलाइमा ४० जना नागरिकको सामूहिक हत्या गरेको प्रमाण फेला परेको छ । बीबीसीको स्थलगत रिपोर्टिङमा उक्त प्रमाण भेटिएको जनाइएको छ ।

प्रत्यदर्शी र उक्त घटनामा बाँच्न सफल केही व्यक्तिहरुले दिएको जानकारीअनुसार १७ वर्ष उमेरका सैनिकहरुले गाउँलेलाई घेरेर उक्त नरसंहार गरेका थिए ।

भिडिओ फुटेज र केही तस्बिर हेर्दा गाउँलेलाई नृशंसा कूटपिट गरेर हत्या गरिएको र खाडलमा पुरेको देखिन्छ । त्यहाँको काउनी सहरका चार अलग ठाउँमा गत जुलाइमा यस्तो घटना भएको हो ।

मध्य म्यानमारको सेगिङ जिल्लामा पर्ने उक्त ठाउँमा म्यानमार सेनाविरुद्ध विचार राख्नेहरु बसोबास गर्छन् । गत फेब्रुअरीमा सेनाले सत्ता आफ्नो हातमा नियन्त्रणमा लिएपछि त्यसविरुद्ध चर्किएको विरोधको सजाय दिन यस्तो सामूहिक हत्या गरिएको हुनसक्छ ।

सैनिक प्रवक्ताले यो आरोपलाई भने अस्वीकार गरेका छैनन् । फेब्रुअरीमा सत्ता हातमा लिएपछि नागरिक वृत्तबाट म्यानमारको सेनाले विरोधको सामना गर्नु परिरहेको छ ।

बीबीसीले उक्त घटनाका ११ जना प्रत्यक्षदर्शीसँग कुरा गर्दै सो सँग सम्बन्धित भिडिओ र तस्बिर पनि अन्वेषण गरेको थियो । यिन गाउँमा सबैभन्दा बढी १४ जनालाई यातना दिएर कुटीकुटी मारिएको थियो । मारिएपछि शवलाई जंगलमा फालिएको थियो ।

बीबीसी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर