‘ए’ डिभिजन लिग : हिमालयन शेर्पाको पहिलो जित


काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ३-१ गोलको नतिजामा पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पाँचौ मिनेटमा ब्रिगेडका मिडफिल्डर शिशिर लेखाीले शेर्पाका विसन गुरुङलाई फउल गरेपछि प्राप्त फ्रिकिकमा कप्तान विश्वास श्रेष्ठले गरेको प्रहारमा मुताम्वाले हेडरमार्फत सुन्दर गोल गरे ।
यस्तै, शेर्पाका सुरेश कुमालले १२औं मिनेटमा गरेको क्रसमा मुताम्वाको हेडर ब्रिगेडका गोलकिपर एन्जल श्रेष्ठले पन्च आउट गरिदिए ।
दिपेश गुरुङले १९औं मिनेटमा फ्रिकिक मार्फत गरेको प्रहारमा ड्याडी जुनियर वाम्वाको हेडर गोलपोष्ट नजिकैबाट बाहिरिदा ब्रिगेडले गोल गर्ने सुन्दर मौका गुमायो ।
पहिलो हाफमा १ गोलको अग्रता बनाएको शेर्पाले ५३औं मिनेटमा गोल खायो । खेलको ४५औं मिनेटमा दिनेश राईको स्थानमा मैदान प्रवेश गरेका भुवन बस्नेतले पेनाल्टी यरियाबाट ब्रिगेडका लागि बराबरी गोल गरे ।
प्रतिस्पर्धात्मक खेलको ७५औं मिनेटमा सुरेस कुमालको गोल मार्फत हिमालयन शेर्पाले खेलमा अग्रता लियो । सुरेसले शेर्पाका गोलकिपर एन्जल बिट भइसकेको अवसथामा सुन्दर गोल गरे ।
तयसपिछ निरन्तर ब्रिगेडमाथि दवाव बनाएको शेर्पाका लागि दोस्रो हाफको इन्जुरि समयामा मनिष थापाले गोल गर्दै शेर्पामाथि ३-१ को जित निकाले ।
खेलको ४६औं मिनेटमा उमेष राईको स्थानमा मैदान प्रवेश गरेका मनिसले ब्रिगडका गोल किपरलाई बिट गर्दै पेनाल्टी एरियाबाट सुन्दर गोल गरे ।
पहिलो जित निकालेको शेर्पाले लिगमा चार खेलमा दुईवटा खेल बराबरी र २ खेलमा पराजय बेहोरेको थियो । ब्रिगेडले लिगमा ५ खेल खेलदा २ खेल हारको छ । एउटाखेलमा जित निकालेको छ भने दुई खेलमा बराबरीको नतिजा निकालेको छ ।
जितसहित शेर्पा ८औं स्थानमा उक्लिएको छ । पराजित ब्रिगेड तालिकाको नवौं स्थानमा छ ।