बालुवाटारमा सर्वदलीय बैठकको तयारी, माधव नेपाल छिरे – Nepal Press

बालुवाटारमा सर्वदलीय बैठकको तयारी, माधव नेपाल छिरे

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा नबसी बाहिरिएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुनः बालुवाटारमा प्रवेश गरेका छन् । दिउँसो २ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाइएको भए पनि ढिलाइ हुँदा नेपाल बैठकमै नबसी बाहिरिएका थिए।

‘अर्को कार्यक्रममा जानु परेको भन्दै’ नेपाल बैठकमै नबसी बाहिरिएका थिए । उनी गएलगत्तै सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । उक्त बैठक भर्खरै सकिएको छ । अब केही बेरमा सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ ।

अमेरिकी सहयोग परियोजना एमसिसीमा साझा धाराणा बनाउने प्रयास स्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले पहिले गठबन्धन र त्यसलगत्तै सर्वदलीय बैठक डाकेका हुन् ।

नेकपा एमालेले भने सर्वदलीय बैठकमा नजाने बताइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर