यू-१९ महिला साफ च्याम्पियनसिपः नेपाल-भारत भिड्दै – Nepal Press

यू-१९ महिला साफ च्याम्पियनसिपः नेपाल-भारत भिड्दै

काठमाडौं । बंगलादेशमा जारि यू-१९ महिला साफ च्याम्पियनसिपमा नेपालले आज भारतसँग खेल्दैछ । ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियमामा हुने खेल नेपाली समय अनुसार २:४५ बजे सुरू हुनेछ ।

राउन्ड रोविनका आधारमा हुने च्याम्पियनसिपमा र्शीष दुई टोलीले फाइनल खेल्ने छन् ।

नेपालसहित बंगालादेश, भुटान, श्रीलंका र भारतको सहभागिता रहेको च्याम्पियनसिपमा पुस ७ गते हुने फाइनल खेल्न नेपालले भारतसँग बराबरी मात्रै खेलेपनि पुग्नेछ ।

पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा श्रीलंकाविरुद्ध ६-० गोलको नतिजामा जित निकालेको थियो । यस्तै, तेस्रो खेलमा भुटानलाई ४-० गोलको नतिजामा हराएको नेपाल आज हुने खेलमा छिमेकी भारत विरुद्ध जित अथवा बराबरी खेल्दै फाइनल पुग्ने योजनामा छ ।

तीन खेलमा ७ अंक जोडेको नेपाल शीर्ष स्थानमा छ । समान खेलमा ७ अंक जोडेको बंगलादेश गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । तीन खेलमा २ जित र एक हारसहित भारत तालिकामा तेस्रो स्थानमा छ । तीन खेलमा एक जित निकालेको भुटान र जितबिहिन श्रीलंका च्याम्पियनसिपबाट बाहिरिसकेका छन् ।

यू-१९ नेपाली टोली :

गोलरक्षक : अन्जना राना मगर, अन्किता राई, सावित्री किसन

डिफेण्डर : मन्जुकुमारी खड्का, सलोनी राना मगर, सविना चौधरी, प्रतीक्षा चौधरी, खुश्मा राई, विमला विक, मेनुका आले मगर, रोजिना श्रेष्ठ

मिडफिल्डर : सुस्मा तामाङ, हिमा रावत, दीपा शाही, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, रश्मीकुमारी घिसिङ, प्रीती राई

फरवार्ड : अमिशा कार्की, रजनी थोकर, सदिपा भोलन, कुसुम खतिवडा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *