छुरा प्रहार घटनाको विरोधमा आन्दोलन सुरु, पूर्व-पश्चिम राजमार्ग अवरूद्ध – Nepal Press

छुरा प्रहार घटनाको विरोधमा आन्दोलन सुरु, पूर्व-पश्चिम राजमार्ग अवरूद्ध

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–६ डोहटियामा छुरा प्रहारबाट एकजनाको हत्या र एक जनालाई घाइते बनाएको घटनाको विरोधमा स्थानीय आन्दोलित भएका छन् ।

डोहटिया टोलका बासिन्दा गोलबजार आएर पूर्व–पश्चिम राजमार्ग अबरूद्ध पारेका हुन् । उनीहरु ईलाका प्रहरी कार्यालय गोलबजार अगाडी र राजमार्गको विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरु बजारसमेत बन्द गराउँदै हिँडेका छन् ।

घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने, घाइतेको निशुल्क उपचार, पीडित परिवारलाई क्षतिपूर्तीसहितको माग राखेर उनीहरु आन्दोलन सुरु गरेका छन् । आन्दोलनका कारण सयौं सवारी साधन र यात्रुहरु अलपत्र परेका हुन् ।

शनिवार राति घर जाने क्रममा गोलबजार नगरपालिका ६ डोहटियाका अन्दाजी २६ वर्षीय रामकुमार सदाय र १९ वर्षिय निकेश सदायमाथि अपरिचित यूवाहरुको समूहले छुरा प्रहार गरेका थिए ।

छात्तीमा छुरा लागेका रामकुमारको मृत्यु भएको छ भने घाइते निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पताल उपचार भइरहेको छ । उनको अबस्था पनि गम्भीर छ ।

घटनामा संलग्नको पहिचान हुन नसकेको र अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर