ए डिभिजन लिग : थ्री – स्टार र एनआरटी गोलरहित बराबरीमा रोकिए – Nepal Press

ए डिभिजन लिग : थ्री – स्टार र एनआरटी गोलरहित बराबरीमा रोकिए

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा थ्री – स्टार क्लब र न्युरोड टिम (एनआरटी) ले गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको दोस्रो खेलमा दुवै टोलिले गोल गर्ने थुप्रै अवसरहरू सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

थ्री -स्टारका विजय भुजेलले २१औं मिनेटमा गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

यस्तै, २९औं मिनेटमा सन्जोक राईको पासमा अशोक खवासले गरेको प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले पेञ्च आउट गरिदिए ।

त्यहि बलमा कर्नर मार्फत गरेको प्रहारमा अनन्त तामाङले गरेको हेडर एनआरटीका गोलकिपरले पुन क्लियर गरिदिँदा थ्री-स्टारले गोल गर्ने सुन्दर मौका गुमाएको थियो ।

दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको थ्री -स्टारले गोल गर्ने राम्रो अवसरहरू सृजना गर्यो ।

थ्री-रका डिफेन्डर अशोक खवासले ६६औं मिनेटमा दिएको पासमा विजय भुजेलले हेडर मार्फत गरेको प्रहार फ्रेममा परेन ।

यस्तै, ८८औं मिनेटमा राफेल बिदियास रिमले गरेको प्रहार एनआरटीका गोलकिपरले पन्च गरिदिए ।

दोस्रो हाफको इन्जुरि समयमा एनआरटीले गोल गर्ने सुन्दर मौका गुमाएको थियो दिपेस घलेको पासमा शिव गुरुङको हेडर फ्रेममा पर्न ।

बराबरीसँगै थ्री-स्टार ५ खेलमा ६ अंक जोडेर लिग तालिकाको छैठौं स्थानमा छ। एनअआरटी समा खेलबाट समान ६ अंकसहित गालअन्तरका आधारमा सातौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *