ससुराली जाँदा भिरबाट लडेर दम्पत्तीको मृत्यु – Nepal Press

ससुराली जाँदा भिरबाट लडेर दम्पत्तीको मृत्यु

रुपन्देही । गुल्मीमा घरबाट माइती–ससुराली जान लागेका एक दम्पत्तिको भिरबाट लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मुसिकोट नगरपालिका वडानम्बर १ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको भिरबाट लडेर मृत्यु भएको हो ।

प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले मुसिकोट नगरपालिका वडानम्बर १ बांगेस्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट लडेर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

स्थानीयले घाइते अवस्थामा रहेको भन्ने खबर प्रहरी चौकीमा जानकारी गराउना साथ प्रहरी सहायक निरीक्षक नवराज भट्टराईको कमाण्डमा ३ जनाको टोलीले जिल्ला अस्पताल तम्घास पठाइएकोमा उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

मनुको केही दिनपछि साउदी अरब जाने भिसा लागेपछि श्रीमतिसहित आफन्त भेट्न हिंडेका थिए । उनीहरुसँगै गएको दुई वर्षीय एक छोरा भने बाटोमै रोइरहेको स्थानीयले देखेपछि उद्दार गरेर मावली घरमा लगिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर