नेपाली गीतको सूचीमा टीकटकको दबदबा : ‘डाँडाघरे’ साहिँली बन्यो पछिल्लो साता सर्वाधिक हेरिने गीत – Nepal Press

नेपाली गीतको सूचीमा टीकटकको दबदबा : ‘डाँडाघरे’ साहिँली बन्यो पछिल्लो साता सर्वाधिक हेरिने गीत

काठमाडौं । धन्यवाद टीकटकलाई ! भिडियो साझेदारी एपकै कारण पाँच महिनाअघि रिलिज भएको श्रीकृष्ण बम मल्लद्वारा संगीतबद्ध गीत ‘डाँडाघरे साइँली’ पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ ।

स्वरुपराज आचार्य र लक्ष्मी मल्लको स्वर समावेश गीतलाई पछिल्लो साता १३ लाख २५ हजार पटक हेरिएको छ । यसको कूल भ्यूज १ करोड ४१ लाख रहेको छ ।

खेम सेन्चुरी र अस्मिता अधिकारीको राम राम मरौटीलाई पछिल्लो साता दोस्रो धेरैपटक हेरिएको छ । यसलाई पछिल्लो सातदिनमा १० लाख ७६ हजार पटक हेरिएको छ भने यसको कूल भ्यूज १ करोड ७२ लाख छ ।

समीक्षा अधिकारीको धनगढीको बस बोलको गीतलाई ८ लाख ४४ हजार पटक हेरिएको छ भने यसको कूल भ्यूज १ करोड १२ लाख छ ।

कालिप्रसाद बाँस्कोटाको सुन बटौली चौंथो सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यो गीतलाई ६ लाख ९७ हजार पटक हेरिएको छ । भीटेनको गल्ली सडकलाई ५ लाख ८८ हजार पटक हेरिएको छ ।

खेम सेन्चुरीको मन परेको मान्छेलाई पछिल्लो साता ५ लाख ८६ हजार पटक हेरिएको छ । महेश काफ्लेको बाया बिरानी २ (तातो गोली)लाई ५ लाख ५१ हजार पटक हेरिएको छ ।

दिनेश ढकालको कालो केशमा रेलीमाइ पछिल्लो साता सर्वाधिक हेरिने नेपाली गीतको आठौं स्थानमा छ । यसलाई सात दिनमा ५ लाख २२ हजार पटक हेरिएको छ ।

प्रेमराजा महतको नयाँ गीत बन्दीपुरैमालाई ५ लाख १६ हजार पटक हेरिएको छ । सूचीको पुछारमा मिलन नेवारको फूलबुट्टे सारी छ । यो गीतलाई पछिल्लो साता ४ लाख ७६ हजार पटक हेरिएको छ । टीकटककै कारण पहिले नै रिलिज भएका गीतहरु पछिल्लो समय बढी हेरिने सूचीमा उक्लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर