गैससको नेतृत्वका लागि मतदान प्रकृया शुरु


काठमाडौं । गैरसरकारी संस्था महासंघको नेतृत्वका लागि निर्वाचन प्रकृया शुरु भएको छ । शुक्रबारदेखि शुरु भएको महासंघको १० औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि मनोनयन प्रकृया शुरु भएको हो ।
नयाँ नेतृत्व गर्न निर्वतमान महासचिव रामबहादुर सुवेदी र उपमहासचिव अर्जुन भट्टराईले दावी गर्दै अध्यक्ष पदका लागि मनोनयन दिने तयारीमा रहेको महासंघका सचिव उमेश विश्वकर्माले जानकारी दिए ।
कार्यसमिति निर्वाचनबाट भन्दापनि सहमतीय आधारमा छनोट गर्ने गरी पहल शुरु भएको उनले बताए ।
मनोनयपछि साँझ ७ बजे देखि मतदान प्रकृया शुरु हुने आयोजकले जनाएको छ । महाधिवेशनका लागि देशैभरबाट नौ सय २५ जना प्रतिनिधि सहभागि छन् ।
कम्युनिष्ट विचारधारको वाहुल्य रहेको महासंघका निश्चित कोटा बाँडफाँड गरेर सहमती खोज्न नेताहरुले तयारी शुरु गरेका पाइएको छ ।