भीम रावलद्वारा एमाले सल्लाहकार सदस्य अस्वीकार, भन्छन्– नसोधी टीका लगाइदिनु आपत्तिजनक – Nepal Press

भीम रावलद्वारा एमाले सल्लाहकार सदस्य अस्वीकार, भन्छन्– नसोधी टीका लगाइदिनु आपत्तिजनक

काठमाडौं । १० औं महाधिवेशनबाट एमाले अध्यक्षमा पराजित भएका नेता भीम रावलले आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाएको भन्दै आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत परिषद् सदस्य बनाएकोप्रति आपत्ति जनाएका हुन् ।

उनले लेखेका छन्– मलाई नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।

अध्यक्षमा पराजित रावलले पार्टी केन्द्रीय कमिटीमा पनि नबस्ने घोषणा गरेका थिए । उनले पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्ने बताइरहेका छन् । यद्यपि, हिजो एमाले महासचिव शंकर पोखरेलले रावललाई उपयुक्त पद दिने र त्यसका लागि छलफल भइरहेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर