कांग्रेस चुनावः ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना १० बजेदेखि – Nepal Press

कांग्रेस चुनावः ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना १० बजेदेखि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । पदाधिकारीको मतगणना सकिएपछि आज १० बजेदेखि ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ ।

कांग्रेसको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले एक सूचना जारी गर्दै मतगणनाका लागि उम्मेदवार वा एकजना प्रतिनिधि मगतणनास्थल सानेपामा पठाइदिन पनि आग्रह गरेका छन् ।

कांग्रेसमा सभापतिसहित १३ पदाधिकारीको मतमणना सकिइसकेको छ । सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगाण्ना सकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर