भारतमा ओमिक्रोनका १०९ केस पुष्टि : मुम्बइमा निषेधाज्ञा, जरुरी कामबाहेक नहिँड्न सरकारको आग्रह – Nepal Press

भारतमा ओमिक्रोनका १०९ केस पुष्टि : मुम्बइमा निषेधाज्ञा, जरुरी कामबाहेक नहिँड्न सरकारको आग्रह

दिल्ली । भारतमा कोरोनाभाइरसको नयाँ भेरिएन्टको जोखिम बढ्दै गएको छ । भारतीय स्वास्थ्य मन्त्रालय र नीति आयोगले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै सर्वसाधारणलाई सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक हिँड्डुल नगर्न ट्राभल एड्भाइजरी जारी गरेको छ ।

५ प्रतिशतभन्दा बढी संक्रमित भएका जिल्लालाई तयारी हालतमा रहन समेत मन्त्रालयले भनेको छ । मन्त्रालयका स्वास्थ्य सचिव लव अग्रवाल र नीति आयोगका सदस्य वीके पौलले मिडियासँग छलफल गरेका थिए । भारतमा डेल्टाभन्दा पनि तीव्ररुपमा ओमिक्रोन भेरिएन्ट फैलिएको जानकारी उनले दिए ।

अहिलेसम्म भारतका ११ राज्यमा कोरोनाका १०९ वटा केस पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबारसम्म ९१ वटा देशमा भेरिएन्ट संक्रमण पुष्टि भैसकेको छ । शुक्रबार बेलुका महाराष्ट्रमा ८ वटा केस भेटिएका छन् । संक्रमण बढ्न थालेपछि मुम्बईमा निषेधाज्ञा लागू गरिएको छ ।

अहिले भारतमा दैनिक संक्रमण झन्डै १० हजारसम्म पुष्टि भएको छ । समग्र भारतमध्ये केरलामा सबैभन्दा बढी ४०.३१ प्रतिशत पुष्टि भएको छ । राजधानी दिल्लीमा समेत ओमिक्रोन भेरिएन्टका नयाँ संक्रमित भेटिएका छन् । सम्भावित तेस्रो लहरसँग जुध्न भारतले खोप अभियानलाई तीव्र तुल्याएको जनाएको छ । अहिलेसम्म त्यहाँ १३६ करोड डोज खोप लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर