पहिलोपटक नासाको यान सूर्यको वायुमण्डलभित्र प्रवेश, वैज्ञानिकले भने : हामीले सूर्यको स्पर्श गर्‍यौं ! – Nepal Press

पहिलोपटक नासाको यान सूर्यको वायुमण्डलभित्र प्रवेश, वैज्ञानिकले भने : हामीले सूर्यको स्पर्श गर्‍यौं !

काठमाडौं । अमेरिकी अन्तरीक्ष नियोग नासाको पार्कर नामक यान पहिलोपटक सूर्यको वायुमण्डलभित्र प्रवेश गरेको छ । नासाले यसलाई ऐतिहासिक क्षण भएको जनाएको छ ।

वैज्ञानिकहरुले कोरोना नाम दिइएको सूर्यको वायुमण्डलको क्षेत्रमा उक्त यान केही दिनअघि मात्र प्रवेश गरेको जनाइएको छ । गत अप्रिलमै यान कोरोनाभित्र प्रवेश गरेपनि नासाले बल्ल मात्र पुष्टि गरेको हो ।

उच्च तातो र विकिरणबाट जोगिने गरि बनाइएको पार्कर यानले सूर्यले कसरी काम गर्छ भनेर अध्ययन गर्नेछ ।

नासाको हेलिफिजिक्स विज्ञान विज्ञान विभागकी निर्देशक निकोला फक्सले भनिन्, ‘जसरी चन्द्रमामा अवतरण गरेपछि वैज्ञानिकले यसबारे अध्ययन गरेका थिए, उसैगरी सूर्यलाई यानले स्पर्श गर्दा यसले हाम्रो नजिकको तारा र सौर्यमण्डलमा यसको प्रभावबारे सूचनाहरु संकलन गर्नेछ ।’

पार्कर यानले सूर्यको कोरोना क्षेत्रभित्र खिचेको प्रकाशका इलेक्ट्रोनहरु ।

नासाले यसलाई अहिलेसम्मकै साहसी मिसनमध्ये भनेको छ ।

तीनवर्षअघि पठाइएको उक्त यानको लक्ष्य सूर्यको नजिक पुग्नु हो । उक्त यान प्रतिघण्टा ५ लाख किलोमिटरको गतिमा उडिरहेको छ । सूर्यको तातो पदार्थ र वातावरणभित्रको सतहबारे चाँडोभन्दा चाँडो जानकारी हासिल गर्नु मुख्य कारण रहेको जनाइएको छ ।

अप्रिल २८ मा पार्कर यानले निकै कठिन भनिने अल्फेभेन सतहलाई पार गरेको थियो । यो क्षेत्र कोरोनाको बाहिरी सतह हो । यो यस्तो विन्दू हो जहाँ कुनै पनि पदार्थ सूर्यको गुरुत्वाकर्षण र चुम्बकीय शक्तिद्वारा बाफमा परिणत हुन्छ ।

पार्करले १३ किलोमिटर लामो उक्त क्षेत्रलाई पार गरेको थियो । यो यान कोरोना क्षेत्रको अझै गहिराइमा पुगेर सन् २०२५ मा सूर्यको अन्तिम कक्षलाई परिक्रमा गर्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर