मंगल ग्रहमा भेटियो पानी रहेको विशाल उपत्यका – Nepal Press

मंगल ग्रहमा भेटियो पानी रहेको विशाल उपत्यका

सीएनएन । मंगल ग्रहमा वर्षौं पहिले प्रशस्त मात्रामा पानीको अस्तित्व रहेको थलो भेटिएको छ जसलाई वैज्ञानिकले पृथ्वीको ग्रान्ड क्याननसँग तुलना गरेका छन् ।

युरोपेली स्पेस एजेन्सीका अनुसार मंगलको कक्षमा परिक्रमा गरिरहेको अर्बिटरले बिहीवार सो तथ्य पत्ता लगाएको हो ।

युुरोपेली अन्तरीक्ष केन्द्र र रसमसकसले संयुक्तरुपमा सन् २०१६ मा त्यसतर्फ पठाएको एक्जोमार्स ट्रेस ग्याँस अर्बिटरले मंगलको मेरिनेरिज उपत्यकामा पानीको अस्तित्व रहेको प्रमाण फेला परेको हो ।

मंगलको उक्त पानी रहेको भनिएको थलो अमेरिकामा रहेको ग्रान्ड क्याननभन्दा १० गुणा विशाल, पाँच गुणा गहिरो र २० गुणा फराकिलो रहेको जनाइएको छ ।

मंगलको उक्त उपत्यकाको सतहमुनी पानी रहेको तथ्य अविर्टरको फ्रेन्ड नामक उपकरण र एपिथर्मल न्यूट्रन सेन्सरले पत्ता लगाएको सीएनएनले जनाएको छ । उक्त उपकरणले मंगलको ३.२८ फिट गहिराइमा पनि पानीको अस्तित्व फेला पार्न सक्ने सामथ्र्य राख्ने जनाइएको छ ।

मंगलमा पानीको बढी मात्रा धुव्रीय क्षेत्रतर्फ बरफको रुपमा रहेको अनुमान गरिएको छ । मेरिनेरिज उपत्यकामा मंगलको दक्षिण ध्रुवको नजिक रहेको भनिएको छ जहाँ पानी बरफको रुपमा रहने तापक्रमको चिसो हुँदैन ।

उक्त अर्विटरले मे २०१८ देखि फेब्रुअरी २०२१ भित्र सो तथ्य पत्ता लगाएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर