जनकपुरधाम उपमहानगरमा जनप्रतिनिधिबीच पुनः विवाद चर्कियो – Nepal Press

जनकपुरधाम उपमहानगरमा जनप्रतिनिधिबीच पुनः विवाद चर्कियो

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधिबीच पुनः विवाद चर्केको छ । वडाको योजना परिवर्तन गरेको आरोप लगाउँदै छलफल गर्न उपमहानगरपालिका पुगेका वडाध्यक्षहरु र मेयर लालकिशोर साह पक्षबीच तनाव भएको हो ।

दुबै पक्षबीच होहल्ला भएपछि उपमहानगरपालिकामा ठूलो संख्यामा सुरक्षाकर्मी पुगेका छन् । एक कर्मचारीका अनुसार सुरक्षाकर्मीले नरोकेको भए आज मेयर साह र वडाध्यक्षहरुबीच झडप नै हुने अवस्था थियो । विवाद साम्य भएपछि वडाध्यक्षहरु बाहिर निस्केका छन् ।

आफूखुशी वडाको योजना परिवर्तन गरिदिएको र सो विषयमा छलफल गर्न भनेपछि मेयर साहले बाहिरका मान्छे बोलाएर आक्रमण गराउन खोजेको आरोप वडा ३ का अध्यक्ष दिपेन्द्र साहले लगाए । उनले भने — हामीले अधिकृतलाई राखेर छलफल गर्न भन्यौं । तर मेयर साहले बाहिरका गुण्डा बोलाएर छलफल गर्न भनेपछि विवाद भएको छ ।

‘इनार सौन्दर्यीकरण गर्न र चमटोलीको सडक पिसिसि ढलान गर्नेलगायतका योजना पेश गरेको थिए’, वडाध्यक्ष साहले भने, ‘तर सबै योजना काटेर अर्को योजना राखिदिएको छ । यो मेयर साहको बदमासी हो ।’

योजना परिवर्तन नै गर्नुपरे बोलाएर छलफल गर्नुपर्नेमा त्यसो नगरेको उनको गुनासो छ ।

७ नम्बर र अन्य वडामा पनि मेयर साहले वडाको योजना काटेर आफूखुशी योजना राखिदिएको उनको आरोप छ ।

मेयर साहले गरिरहेको मनपरीविरुद्ध बोलेकै कारण आफूहरुलाई समस्यामा पार्ने काम मेयरले गरेको वडा ७ का अध्यक्ष जानकीराम साह बताए । उनले वडाको योजनाहरु नसच्याए आन्दोलन गर्ने चेतावनी समेत दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर