महिला यू – १९ साफ च्याम्पियनसिप : नेपालले भुटानको सामना गर्दै


काठमाडौं । नेपाली महिला फुटबल टोलीले यू – १९ साफ च्याम्पियनसिपमा आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ६ः ४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा घरेलु टोली बंगालादेशसँग गोलरहित बराबरी खेलको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गरेको थियो ।
राउन्ड रोविनका आधारमा हुने च्यापम्पियनसिपमा शीर्ष दुई टोलीले पुष ७ गते फाइनल खेल्नेछन् ।
नेपालले फाइनलमा स्थान बनाउन आज हुने खेलमा भुटानलाई पराजित गर्नुपर्ने दवाव रहेको छ।
नेपालसहित बंगलादेश, भुटान, श्रीलंका र भारतको सहभागिता रहेको च्याम्पियनसिपमा ६ अंक जोडेको भारत तालिकाको शिर्ष स्थानमा छ ।
यस्तै ४ अंक जोड्दै बंगलादेश दोस्रो र समान ४ अंक जोडेको नेपाल गोल अन्तरका आधारमा तालिकाको तेस्रो स्थानमा छ ।
यस्तै, भुटान तीनअंकसहित चौथो र जितबिहिन श्रीलंका तालिकाको पुछारमा छ ।
नेपालले अन्तिम खेल पुष ४ गते भारतसँग प्रतिस्पर्धा खेल्दैछ ।
यू—१९ नेपाली टोली :
गोलरक्षक : अन्जना राना मगर, अन्किता राई, सावित्री किसन
डिफेण्डर : मन्जुकुमारी खड्का, सलोनी राना मगर, सविना चौधरी, प्रतीक्षा चौधरी, खुश्मा राई, विमला विक, मेनुका आले मगर, रोजिना श्रेष्ठ
मिडफिल्डर : सुस्मा तामाङ, हिमा रावत, दीपा शाही, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, रश्मीकुमारी घिसिङ, प्रीती राई
फरवार्ड : अमिशा कार्की, रजनी थोकर, सदिपा भोलन, कुसुम खतिवडा