मिस वर्ल्डको ग्रान्ड फिनाली स्थगित, सबैजना सुन्दरीलाई आइसोलेसनमा राखियो – Nepal Press

मिस वर्ल्डको ग्रान्ड फिनाली स्थगित, सबैजना सुन्दरीलाई आइसोलेसनमा राखियो

काठमाडौं । प्रतियोगी, आयोजक र अन्य कर्मचारीमा कोरोनाभाइरस संक्रमण भएपछि भोलि हुने भनिएको विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को ग्रान्ड फिनाली अश्चितकालिन रुपमा स्थगित भएको छ । सहभागि हुन गएका प्रतियोगीहरु कोभिड परीक्षणपछि अब स्वदेश फर्कने भएका छन् ।

मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै सबैजना स्टाफमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञहरुको सल्लाहमा इभेन्ट पोस्टपोन्ड गरिएको जनाएको छ । आयोजक स्थल पुएर्तो रिकोमा कोरोनाको स्थितीमा सुधार भए ९० दिनभित्र कार्यक्रम गर्न सकिने जनाइएको छ । मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले पनि ग्रान्ड फिनाली रोकिएको पुष्टि गरेको छ ।

सुरुमा सातजना प्रतिस्पर्धीमा कोरोना संक्रमण भएपछि अन्यमा पनि परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि पुएर्तो रिकोको स्वास्थ्य विभागले प्रतियोगिता रोक्न निर्देशन दिएको हो । आगामी ९० दिनभित्र प्रतियोगिता गर्ने भनिएपनि कोरोना संक्रमणको स्थितीमा सुधार नआए प्रतियोगिता हुन सक्नेछैन । अहिले विश्वभर कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्ररुपमा फैलिएपछि यसले सन्त्रास फैलाएको छ ।

सुरुआतमा ड्रेसिङ रुमबाट फैलिएको भाइरस संक्रमण सबैजनामा देखिएपछि केहीलाई आइसोलेसनमा समेत राखिएको थियो । अन्यमा पनि कोरोना देखिएपछि आयोजकले प्रतियोगितालाई पोस्टपोन्ड गर्नेबारे विज्ञसँग छलफल गरेको थियो । सहभागी प्रतिस्पर्धीको कोभिड परीक्षण गरेपछि मात्र उनीहरुलाई सम्बन्धित देशमा फर्काइने भएको छ । नेपालबाट नम्रता श्रेष्ठ त्यहाँ पुगेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर