जनार्दनले दोहोर्‍याए- प्रचण्डपथ छाडेर गल्ती भयो, विद्रोह वा चुनावको दोधारमा फस्यौं (भिडिओ) – Nepal Press

जनार्दनले दोहोर्‍याए- प्रचण्डपथ छाडेर गल्ती भयो, विद्रोह वा चुनावको दोधारमा फस्यौं (भिडिओ)

काठमाडौं। अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का नेता जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै शर्माले पार्टीले तत्कालिन अवस्थामा लिएको प्रचण्डपथ र २१ औँ शताब्दीको जनवादलाई छोड्नु पार्टी केन्द्रीय समितिको गम्भिर गल्ती बताए।

‘हामीसँग भएको विचार, हामीले प्रचण्डपथ, २१ औँ शताब्दीको जनवादको जो संश्लेषण गरेका थियौँ,’ उनले भने, ‘त्यसको सही सदूपयोग र कार्यान्वयन गर्ने कुरामा, नयाँ सन्दर्भमा त्यसलाई विकसित गरेर जानुपर्ने आवश्यकतालाई छाडेर हामीले त्यसलाई हापि दियौँ । मानौँ त्यो केहीपनि थिएन । त्यो भित्र बलिदानीको संश्लेषण, सबै वर्ग, जाति, लिङ्ग, समुदायको भावनाको संश्लेषण, हजारौँ घाइते योद्धाहरुको त्याग र विरताको संश्लेषण, सामाजिक अन्तरविरोधहरुलाई समाधान गर्ने वैचारिक संश्लेषणलाई केहीपनि होइन जस्तो गरेर फ्याकीदियौँ । पार्टी केन्द्रीय समितिले गम्भिर गल्ती ग¥यो ।’

उनले यसअघि पनि प्रचण्डपथ त्याग्नु माओवादीको गल्ती भएको बताएका थिए। शर्माले यही कारण पार्टीमा निराश पैदा भएको समेत दावी गरे। ‘त्यसलाई नयाँ संश्लेषण गरेर जानुको सट्टा फ्याक्नुको कारण आज निराशा पैदा भएको हो,’ उनले भने, ‘त्यसले विकेन्द्रीकरण ग¥यो । पार्टीमा फुट, विभाजन भयो । पार्टी नेतृत्वले प्राधिकार प्राप्त गरेको थियो त्यो समाप्त भयो र हामी कमजोर भयौँ ।’

माओवादीले विद्रोह वा चुनावको दोधारे कुरा गरेका कारण पनि पार्टी वैचारिक रुपमा अस्पष्ट भएको बताए। ‘हाम्रो सकारात्मक पक्षहरुलाई हामीले छोड्यौँ र हाम्रा उपलब्धीप्रति गर्जिएर यो हामीले गरेको परिवर्तन भन्न सकेनौँ,’ शर्माको भनाइ छ, ‘सांस्कृतिक रुपमा कमजोर भयौँ । कार्यदिशा पनि स्पष्ट गर्न सकेनौँ । विद्रोह, चुनावलाई जोडेर यो, त्यो दोधारे कुरा ग¥यौँ । आफै कन्फ्युजको अवस्था सिर्जना ग¥यौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर