‘ए’ डिभिजन लिगको पाचौं चरण भोलिबाटः पहिलो खेलमा सातदोबाटो र आर्मी आमनेसामने – Nepal Press

‘ए’ डिभिजन लिगको पाचौं चरण भोलिबाटः पहिलो खेलमा सातदोबाटो र आर्मी आमनेसामने

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको पाचौँ चरणका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारबाट सुरु हुँदैछन् । पहिलो दिन दुई खेल हुनेछन् ।

पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब र संकटा क्लब भिड्नेछन् ।

पहिलो चरणमा फ्रेन्ड्स क्लबसँग बराबरी खेलेको सातदोबाटोले दोस्रो चरणमा थ्री–स्टार क्लबलाई १–० को नतिजामा पराजित गरेको थियो । यस्तै तेस्रो चरणको खेलमा एपीएफ क्लबलाई ४–१ को नतिजामा पराजित गरेको सातदोबाटोले चौथो चरणमा एनआरटीसँग १–० को नतिजामा पराजित हुँदै लिगमा पहिलो हार व्यहोरेको थियो । सातदोबाटो ४ खेलबाट सात अंक जोड्दै तालिकाको चौथो स्थानमा छ ।

यस्तै, पहिलो चरणमा पुलिस क्लबसँग १–१ गोलको बराबरी खेलेको आर्मीले दोस्रो चरणमा मछिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो । तेस्रो चरणमा ब्रिगेड ब्वाइजलाई १–० गोलको नतिजामा पराजित गरेको थियो । चौथो चरणमा च्यासल युथ क्लबलाई २–० को नतिजामा हराएको आर्मी ४ खेलबाट आठ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा छ ।

आर्मी क्लबविरुद्धको खेलअघि आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपाने के भन्छन् ?

लिगमा सबै टोली त्यत्तिकै बलिया देखिएका छन् । हामीले लिग टाइटलका लागि हरेक खेलमा तीन अंक लिने लक्ष्य लिएर अघि बढिरहेका छौँ । त्यहीअनुसार चारवटा खेलमा गरेका कमिकमजोरी सुधार गरेर भोलीको खेलमा तीन अंक ल्याउने हिसाबले खेल्नेछौँ ।

सातदोबाटोको खेल विश्लेषण गर्दा तीनवटा खेलमा धेरै राम्रो प्रदर्शन गरेको थियो । अन्तिम खेलमा अलि कमजोर प्रदर्शन ग¥यो । तर, अन्तिम खेलमा अंक गुमाएको भएर भोली खेल्न आउँदा अन्डरडगको रुपमा रहेको सातदोबाटोमा युवा खेलाडीका साथै पहिले विभिन्न क्लबाट खेलेका अनुभवि विदेशी खेलाडीहरु छन् । धेरै बलियो टोली छ । त्यहीअनुसार योजना बनाएर भोली जसरी पनि तीन अंक जोड्दै तालिकामा हामीभन्दा माथि रहेको टोलीलाई दवाव सृजना गर्ने लक्ष्य राखेका छौँ ।

आर्मीविरुद्धको खेलअघि सातदोबाटोका साहायक प्रशिक्षक सुरज महर्जन यसो भन्छन्ः

भोलीको खेल लिगको एक उत्कृष्ट टोली आर्मीसँग छ । हामीले धेरै मिहिनेत गदै छौँ । अस्तिको खेलमा भएको कमी–कमजोरी सुधार्न ट्रेनिङमा खेलाडीहरुलाई राम्रोसँग सिकाएका छौँ ।

हामी रिजल्टभन्दा पनि तीन अंकका लागि खेल्नेछौँ । भोली पनि त्यही पहिलो र दोस्रो खेलजस्तै खेल सुधारेर राम्रो प्रदर्शन गर्नेछौँ । आर्मी जस्तो बलियो टोलीसँग खेल्न भोली मैदानमा उत्रिनुअघि अस्तिको गल्तिहरु सुधारेर अघि बड्नेछौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर