धनगढीमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता हुने, पहिलो खेल पुस ३ गते – Nepal Press

धनगढीमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता हुने, पहिलो खेल पुस ३ गते

कैलाली । अगामी पुस ३ गतेदेखि धनगढीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह–आयोजनामा ३ गतेदेखि ११ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।

बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले प्रतियोगितामा आउने टिमबारे जानकारी गराएका थिए ।

उनका अनुसार प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् । सात प्रदेशका एक–एक टिम र एउटा विभागीय नेपाल एपीएफको टिम सहभागी हुने रेग्मीले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले पाँच लाख र द्वितीय हुने टिमले तीन लाख रुपैयाँ पाउने रेग्मीले जानकारी दिए ।

प्रतियोगिताअन्तरगत वमन अफ द म्याचकालाई प्रत्येक खेलमा २ हजार, वमन अफ द सिरिजलाई २५ हजार, वेस्ट बलरलाई १५ हजार र वेस्ट व्याट्स वमनलाई १५ हजार लिने जनाइएको छ ।

प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरिएको छ । जसअनुसार पहिलो दिनको पहिलो खेलमा प्रदेश १ र कर्णाली प्रदेश भिड्ने छन् । त्यसै दिनको दोस्रो खेलमा वागमती प्रदेश र लुम्बिनी प्रदेश भिड्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *