राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. लामिछाने


दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी डा. वसन्त लामिछानेले पाएका छन् । स्वास्थ्यमन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार प्रतिष्ठानका शिक्षाध्यक्ष लामिछानेलाई उपकुलपतिको कामकाज गर्न खटाएको हो ।
यसअघिकी उपकुलपती संगीता भण्डारीको चार वर्षे कार्यकाल २०७८ मंसिर २६ मा सकिएको थियो । यसअघि उपकुलपति भइसकेकी भण्डारीलाई नै निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।
यसअघिको निर्णय फेर्दै मन्त्रालयले रेक्टर लामिछानेलाई प्रशासनिक, आर्थिक, भौतिक तथा प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक कार्यक्रम अघि बढाउन निमित्त उपकुलपतिको जिम्मेवारी दिएको हो ।
अर्को उपकुलपति नियुक्त नभएसम्म निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्न मन्त्रालयको पत्रमा भनेका छन् ।