‘अवतार’ सिक्वेलका सबै छायांकन पानीमुनी, विशाल पौडीपोखरीमा यसरी हुँदैछ सुटिङ – Nepal Press

‘अवतार’ सिक्वेलका सबै छायांकन पानीमुनी, विशाल पौडीपोखरीमा यसरी हुँदैछ सुटिङ

काठमाडौं । विश्व फिल्म इतिहासमै सर्वाधिक कमाइ गर्ने फिल्म अवतारको दोस्रो श्रृंखलालाई लिएर अहिले विश्व नै पर्खाइमा छ ।

यो उत्सुकताको बीच निर्देशक जेम्स क्यामरुन फिल्म छायांकन ताजा तस्बिरलाई सामाजिक संजालमा सेयर गरेका छन् । यसपटक फिल्मको छायांकन पूर्णरुपमा पानीमुनि हुनेछ ।

पहिलो तस्बिरमा निर्देशक क्यामरुन ड्रयागन गनसिपको फ्लाइट डेकमा एडी फाल्कोका जनरल अडमोरसँगै देखिएका छन् । क्यामरुनद्वारा सेयर गरिएका तस्बिरमा सुटिङ चाहिँ ठूलो पौडीपोखरीमुनि हुँदैछ ।

हलिउड म्यागजिन इन्टरटेनमेन्ट विक्लीसँग कुरा गर्दै निर्देशक क्यामरुनले डिसेम्बर १६, २०२२ मा दोस्रो सिक्वेल रिलिज गर्ने बताएका छन् । सन् २०१२ देखि उनले अवतारका सिक्वेल निर्माण थालेका थिए ।

अहिले एकैसाथ २, ३, ४ र ५ सिक्वेल सुट भैरहेको छ । यी सबै सिक्वेल बनाउन करिब १ बिलियन डलर खर्च हुने अनुमान छ । सन् २०२० को सेप्टेम्बरमै दोस्रो सिक्वेलको छायांकन सकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर