एमसीसीले भन्यो : नेपाल सरकारबाट सम्झौता अनुमोदन गर्ने प्रतिबद्धता आएको छ – Nepal Press

एमसीसीले भन्यो : नेपाल सरकारबाट सम्झौता अनुमोदन गर्ने प्रतिबद्धता आएको छ

वासिङ्टन । नेपाल सरकारले निकट भविष्यमै ५०० मिलियन डलरको अमेरिकी अनुदान सम्झौतालाई अनुमोदन गर्ने वचन दिएको एमसीसीले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनको अध्यक्षतमा एमसीसी मुख्यालय वासिङ्टनमा बसेको निर्देशक समितिको बैठकपछि आज बिहान जारी वक्तव्यमा सो कुरा उल्लेख छ ।

‘निर्देशक समितिले नेपाल सरकारबाट प्राप्त जानकारी र सम्झौतालाई लिएर आजको मितिसम्म भैरहेको प्रगतिबारे समिक्षा गरेको छ’ वक्तव्यमा उल्लेख छ, ‘निकट भविष्यमा कम्प्याक्टलाई अनुमोदन गर्ने नेपाल सरकारको प्रतिबद्धतालाई निर्देशक समितिले ध्यानमा राखेको छ ।’

नेपालमा संघीय संसदको हिउँदे अधिवेशन सुरु भएकै दिनमा मंसिर २८ गते एमसीसी निर्देशक समितिको बैठक बसेको थियो । बैठकमा नेपालको कम्प्याक्टबारे बोर्ड सदस्यहरुबीच समीक्षा भएको एमसीसीद्वारा जारी सूचनामा उल्लेख छ ।

एमसीसी निर्देशक समिति बैठकको चौंथो एजेन्डाको रुपमा नेपाल कम्प्याक्ट पनि रहेको थियो । उक्त बैठकले बेलिज र जाम्बियालाई पनि एमसीसी परियोजनाको रुपमा छनौट गरेको छ ।

आगामी आइतबार बस्ने संघीय संसदको हिउँदे अधिवेशन अन्तर्गतको दोस्रो बैठकमा एमसीसी टेबुल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी गरिरहेको भनाइहरु आइरहँदा एमसीसी मुख्यालयको यस्तो भनाइ आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर