कांग्रेसमा संख्याको भाग खोज्दैनौं, विचारको प्रतिनिधित्व हुनुपर्छ: मिनेन्द्र रिजाल (भिडिओ) – Nepal Press

कांग्रेसमा संख्याको भाग खोज्दैनौं, विचारको प्रतिनिधित्व हुनुपर्छ: मिनेन्द्र रिजाल (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार डा. मिनेन्द्र रिजालले शेखर कोइराला समूहले अब कांग्रेसभित्र संख्यामा भाग नखोज्ने तर विचारको प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।

महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन बुधवार आयोजित भेलालाई सम्बोधन गर्दै रक्षामन्त्री समेत रहेका रिजालले शेखर कोइरालाको काँधमा कांग्रेस पुनर्जागरण र परिवर्तनको जिम्मेवारी आएको बताए ।

रिजालले भने- हामी संख्यामा भाग खोज्दैनौं,तर हाम्रो विचारको प्रतिनिधित्व हुनुपर्छ । अहिले हाम्रो विजय भएको छ,त्यो पनि सन्देशसहितको बिजय भएको छ । महाधिवेशनले कांग्रेस पुनर्जागरणको जिम्मेवारी शेखर कोइरालालाई परिवर्तनको जिम्मा दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर