पश्चिमा मुलुकसँगको तनावलाई लिएर सी र पुटिनबीच छलफल – Nepal Press

पश्चिमा मुलुकसँगको तनावलाई लिएर सी र पुटिनबीच छलफल

बेइजिङ । पश्चिमा मुलुकहरुसँगको सम्बन्ध चिसिएको बेला चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच आज भर्चुअल वार्ता भएको छ ।

बुधबार भएको उक्त वार्तामा दुई नेताहरुले युरोपमा देखिएको तनाव, अमेरिकाको उत्तेजनात्मक गतिविधि र नेटो संगठनको चेतावनीपूर्ण अभिव्यक्तिलाई लिएर छलफल गरेको क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् ।

‘अन्तर्राष्ट्रिय परिस्थिती त्यसमा पनि अहिले युरोपमा देखिएको तनावपूर्ण स्थितीलाई लिएर गठबन्धनबीच छलफल गर्नुपर्ने देखियो’ रुस र चीनबीचको यो वार्तालाई लिएर उनले भने ।

‘हामीले अमेरिकी पक्ष र खासगरि नेटोमा यस्तो समस्या देख्यौं र दुबै पक्षले छलफल गर्नुपर्ने स्थिती आयो’ उनले भने ।

युक्रेनको सीमा नजिक रुसले आफ्नो सैनिक उपस्थितीमा गरेको वृद्धिलाई लिएर पछिल्ला महिनाहरुमा अमेरिकसँगको सम्बन्ध बिग्रिएको छ । सम्भावित सैनिक हस्तक्षेप गर्न रुसले आफ्नो सीमा नजिक ठूलो संख्यामा सैनिक उपस्थित बढाएको भन्दै युक्रेनले मस्कोको आलोचना गरेको छ ।

क्रेमलिनले भने यी आरोपको खण्डन गर्दै अमेरिका रुसोफेबिया (रुससँग डराउने अवस्था)बाट ग्रसित रहेको आरोप लगाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले पुटिन र सीबीच भएको छलफलबारे केही कुरा बताएनन् । उनले दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउनेबारे कुरा भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर