थपियो मतदानको समय, मतदान स्थलबाट बाहिरिए देउवा – Nepal Press

थपियो मतदानको समय, मतदान स्थलबाट बाहिरिए देउवा

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत भइरहेको दोस्रो चरणको मतदानको समय पाँच मिनेट थपिएको छ ।

सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक मत ल्याउन नसकेपछि आज दिउँसो साढे तीनबजे बाट मतदान भइरहेको छ । ९ बजेसम्मका लागि तोकिएको मतदानको समयमा पाँच मिनेट थप गरिएको छ ।

मतदान सुरु भएसँगै सभापतिका उम्मेदवार शेरबहादुर देउवा मतदान स्थलमा नै थिए ।

मतदान सकिन केही मिनेट मात्र बाँकी रहँदा उनी बाहिरिएका हुन् ।

दोस्रो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर