मतदान नसकिँदै खुशीयाली मनाउन थाले देउवा समर्थक – Nepal Press

मतदान नसकिँदै खुशीयाली मनाउन थाले देउवा समर्थक

काठमाडौं । कांग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचन अहिले जारी छ । मतदान नसकिँदै सभापति शेरबहादुर देउवा पक्षधरले भने खुशीयाली मनाउन थालेका छन् ।

भृकुटीमण्डपमा भइरहेको मतदान अन्तिम चरणमा पुग्दा बाहिर देउवा पक्षका कार्यकर्ताले नाचगान गर्दै खुशीयाली मनाएका हुन् । उनीहरु देउवाको जितलाई लिएर विश्वस्त देखिएका छन् । शेखर कोइराला पक्षधर कार्यकर्ता भने निराश छन् ।

दोस्रो चरणको चुनावमा प्रकाशमान सिंह र विमलेन्द्र निधिको समर्थन हासिल गरेपछि देउवा पक्षधरको आत्मविश्वास चुलिएको हो । पहिलो चरणमा देउवा ८२ भोटको कमिले जितबाट वञ्चित भएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर