फेसबुकमा महिलाको अश्लील फोटो आफन्तलाई पठाएर ब्ल्याकमेल गर्ने भारतीय नागरिक पक्राउ – Nepal Press

फेसबुकमा महिलाको अश्लील फोटो आफन्तलाई पठाएर ब्ल्याकमेल गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा महिलाको अश्लील फोटो आफन्तलाई पठाएर  ब्ल्याकमेल गरेको अभियोगमा एक जना भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश कोपागंज दोस्तपुरा घर भएका ३१ वर्षीय मोहम्मद सालीम रहेका छन् । उनलाई आइतबार दिउँसो काठमाडौं महानगरपालिका-१४ कलंकीबाट प्रहरीले पक्राउ गरेको हो ।

सालीमले बैदेशिक रोजगारको क्रममा दुबईमा एउटै कम्पनीमा काम गर्ने आफ्नै महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडी उक्त अश्लील फोटो सामाजिक सञ्जाल फेसबुक र वास्ट्एपमार्फत महिलाको आफन्तलाई पठाएका थिए ।

साथै पीडितको नामबाट बनाएको नक्कली फेसबुक आईडीमा अश्लील फोटो पोष्ट गरी महिलाको चरित्र हत्या गरेको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरी ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर