ऊर्जाको प्रत्याभूत गर्नु राज्यको दायित्व: ऊर्जामन्त्री भुसाल – Nepal Press

ऊर्जाको प्रत्याभूत गर्नु राज्यको दायित्व: ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जामा आम जनताको पहुँच सुनिश्चित हुनु नागरिको अधिकार हो र ऊर्जाको प्रत्याभूत गर्नु राज्यको दायित्व भएको स्पष्ट पारेकी छन् ।

राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज नेपालद्वारा आज यहाँ आयोजित ‘नेपालमा लघुजलविद्युत् परियोजनाहको दिगो सञ्चालन’सम्बन्धी गोष्ठीको उद्घाटन गर्दै उनले नेपालको विद्युत् विकासमा रहेको जनसहभागिता विश्वमै उदाहरणीय रहेको उल्लेख गरिन्।

उनले समुदायस्तरमा निर्माण गरिएका साना तथा लघुजलविद्युत् आयोजनाहरुको दिगो सञ्चालनका लागि तिनलाई केन्द्रीय प्रशारण लाइनमा आवद्ध गराउनुपर्ने र यसले समुदाय वा निजी क्षेत्रका लगानीकर्ताको आर्थिक स्तरमा वृद्धि ल्याउने हुँदा त्यसतर्फ लाग्न आग्रह गरिन् । उनले भनिन्, ‘हिजोको दिनमा बत्ती बाल्नु नै मुख्य आवश्यकता थियो विद्युत्को खपत बढाउनुपर्ने आवश्यकता छ ।’

मन्त्री भुसालले अब सम्भव भएसम्म देशका सबै स्थानमा केन्द्रीय प्रशारण पु¥याउने छौँ, तत्काल सम्भव नभएको अवस्थामा सौर्य ऊर्जा तथा लघुजलविद्युत्जस्ता वैकल्पिक ऊर्जा प्रविधिमार्फत जनताको स्वच्छ ऊर्जाको अधिकारको सुनिश्चित गर्ने गरी सरकार अघि बढेको बताइन् ।

सो अवसरमा विद्युत् नियमन आयोगका सदस्य डा रामप्रसाद धितालले देशभर केन्द्रीय प्रशारण लाइनको विस्तर भएसँगै विगतमा निर्माण गरिएका साना तथा लघु जलविद्युत् आयोजनाहरुको भविष्य अन्योलमा परेको अवस्थामा ती आयोजनाहरुबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि प्राविधिक मापदण्ड निर्माण गर्नुपर्नेमा जोड दिए।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा मधुसुदन अधिकारीले देशमा झण्डै दुई हजार ५०० वटा लघु जलविद्युत् आयोजनाहरुमध्ये झण्डै ९० प्रतिशत आयोजनाहरु सञ्चालनमा रहेका बताउँदै आगामी दिनमा यी आयोजनाको दिगो सञ्चालनका लागि केन्द्रीय प्रशारण लाइनमा जाड्नका लागि नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य भएको बताए ।

 

 


प्रतिक्रिया

One thought on “ऊर्जाको प्रत्याभूत गर्नु राज्यको दायित्व: ऊर्जामन्त्री भुसाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *