हेर्नूस किम्फका १३ फिल्म : बुधबार अपरान्ह ३ बजेसम्म अनलाइनमै हेर्न पाइने – Nepal Press

हेर्नूस किम्फका १३ फिल्म : बुधबार अपरान्ह ३ बजेसम्म अनलाइनमै हेर्न पाइने

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को १९ औं संस्करण सोमबार समापन भएको छ ।

भौतिक उपस्थिती र भर्चुअल माध्यममार्फत गरिएको फेस्टिभलमा दर्शकलाई अनलाइनमा फिल्म हेर्ने सुविधा पनि थियो ।

अझै १३ वटा फिल्मलाई किम्फको अफिसियल पोर्टलमा हेर्न सकिने भएको छ । यो सूचीमा ८ वटा फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिएका र पाँच फिल्म नेपाल पानोरमामा सहभागी थिए ।

जलवायु परिवर्तनसम्बन्धी विषयवस्तुमा निर्माण भएका यी फिल्महरुलाई दर्शकले बुधबार अपरान्ह ३ बजेसम्म हेर्न पाउने भएका छन् ।

फिल्महरु हेर्न लिंक क्लिक गर्नूस :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर