हृदयेश त्रिपाठीको नयाँ दलको प्राथमिकता कृषि र वातावरणमा (घोषणापत्रसहित)

२०७८ मंसिर २८ गते १३:४९

काठमाडौं । मधेसी पार्टीबाट अलग भएर स्वतन्त्ररुपमा राजनीतिक गतिविधि गर्दै आएका हृदेश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन् ।
मंगलबार त्रिपाठीले काठमाडौंमा एक कार्यक्रमबीच नयाँ पार्टीको घोषणा गरेका हुन्। पार्टीको नाम उनले जनता प्रगतिशिल पार्टी राखेका छन्।
पार्टी घोषणा सभामा पूर्वसभामुख दमननाथ ढुंगना, पूर्व अर्थसचिव रामेश्वर खनाल, विश्लेषक तुलानारायण साह लगायत सहाभागि थिए।
घोषणासभामा नयाँ दलको घोषणा पत्र समेत सार्वजनिक गरिएको छ । घोषणा पत्रमा कृषि र पर्यावरणलाई प्राथमिकता दिइएको छ । विचारधारा के हुने भन्नेबारे चाहिँ केही प्रष्ट पारिएको छैन्।
प्रतिक्रिया