रामचन्द्रको चियापानमा पुगे देउवा र शेखर – Nepal Press

रामचन्द्रको चियापानमा पुगे देउवा र शेखर

महाधिवेशन प्रतिनिधिलाई रामचन्द्रले भने- विवेक प्रयोग गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा सभापतिका दुवै प्रत्याशी सहभागी भएका छन् । पहिलोचरणको चुनावमा पहिलो र दोस्रो भएका शेरबहादुर देउवा र शेखर कोइराला पौडेलको निम्तो मान्न पुगेका हुन् ।

पहिलो चरणमा शेखर कोइरालालाई समर्थन गरेका रामचन्द्रले दोस्रोमा के गर्छन् भन्न कौतुहल बाँकी छ । आज चियापानलाई सम्वोधन गर्दा उनले कसैलाई समर्थन जनाएनन् । प्रतिनिधिहरुलाई विवेक प्रयोग गर्न उनल आग्रह गरे ।

सो कार्यक्रममा देउवाले पौडललाई महान नेता भन्दै प्रशंसा गरेका थिए ।

‘रामचन्द्रजी, तपाईं हामी सबैको नेता हो । भोलिका दिनमा राष्ट्रलाई तपाईंले ठूलो योगदान दिनुपर्नेछ,’ देउवाले पौडेललाई फकाउँदै भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर