कांग्रेस महाधिवेशन : ८०० मतगणना सकियो, कसकाे कति ? – Nepal Press

कांग्रेस महाधिवेशन : ८०० मतगणना सकियो, कसकाे कति ?

काठमाडौं । राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि भएको मतदान अन्तरगत अहिले मतगणना जारी रहेको छ ।

८०० मत गणना हुँदा शेर बहादुर देउवाले ३८७  मत लिएका छन्। यस्तै शेखर कोईरालाकाे २९५ मत आएको छ ।

यस्तै प्रकाशनमान सिंहले ६६ मत प्राप्त गरेका छन् । विमलेन्द्र निधिले ४३ मत ल्याउँदा कल्याण गुरुङले ३ मत पाएका छन् ।

मतदान सोमबार राति साढे ११ बजे सकिएको भएपनि गणना भने मंगलबार विहान ४ बजेर ५ मिनेटबाट मात्रै सुरु भएको थियो । नेतृत्व चयनका लागि कांग्रेसका कुल ४७४३ मतदाता रहेकोमा ४६७९ मत मात्रै खसेको छ । ६४ जना प्रतिनिधिले भोट हालेनन् ।

सभापतिको गणतना सकिएपछि मात्रै अन्य पदाधिकारी र सदस्यहरुको गणना सुरु हुनेछ । २४ गतेबाट सुरु भएको महाधिवेशन अन्तरगत सोमबार मध्यान्ह करिब १२ बजेबाट मात्रै मतदान सुरु भएको थियो ।

कांग्रेसको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर