कांग्रेस महाधिवेशन : जम्मा ४६७९ मत खस्यो – Nepal Press

कांग्रेस महाधिवेशन : जम्मा ४६७९ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज भएकाे मतदानमा करिब ४६७९ मत खसेको छ । नेपाली कांग्रसका ४७४३ मतदाता रहेकोमा करिब ४६७९ मत मात्रै खसेको हो । निर्वाचन समितिकाे आधिकारिक विवरण भने आउन बाँकी रहेकाे छ ।

६४ जना प्रतिनिधि अनुपस्थित रहेका छन् । मतगणना केहीबेरमा सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

२४ गतेबाट सुरु भएको महाधिवेशन अन्तरगत सोमबार मध्यान्ह करिब १२ बजेबाट मात्रै मतदान सुरु भएको थियो ।

अबको केही बेरपछि नै मतगणना सुरु हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए ।

कांग्रेसको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा रहेका छन् ।

विहान ८ बजेबाट सुरु हुने भनिएको मतदान करिब ४ घण्टा ढिलो गरी सुरु भएको थियो । निर्वाचन समितिले भृकुटीमण्डप र राष्ट्रिय सभागृहस्थल गरी दुई स्थानमा मतदानको व्यवस्था मिलाएको थियो ।

आज सभापतिको मात्रै मतगणना हुनेछ । कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कुल खसेको ५० प्रतिशत बढी मत अर्थात पहिलो चरणमा नै २३४० मत आवश्यक हुन्छ ।

कुनै पनि उम्मेदवारले ५० प्रतिशत भोट ल्याउन नसकेमा फेरि मतदान हुनेछ ।

नेपाली कांग्रेसको यो महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहित १३ जना पदाधिकारी चयन गर्नेछ । यस्तै १ सय २१ कांग्रेस केन्द्रीय समिति सदस्य पनि चयन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर