कांग्रेस महाधिवेशन : १ हजार मत खस्न बाँकी, मतदान समय १० बजेसम्म लम्बियो – Nepal Press

कांग्रेस महाधिवेशन : १ हजार मत खस्न बाँकी, मतदान समय १० बजेसम्म लम्बियो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अब १ हजार मत खस्न बाँकी रहेको छ ।

निर्वाचन समितिले दिएको पछिल्लो जानकारी अनुसार ३ हजार ६ सयभन्दा बढी मत खसिकेको छ ।

४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेको निर्वाचमा ४ हजार ६ सय मत खस्ने अनुमान छ । निर्वाचन समितिले मतदानका लागि ९ बजेसम्मको समय तोकेको समय फेरि बढाईएको छ ।

कांग्रेस निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठका अनुसार ९ बजेसम्मलाई निर्धारण गरिएको मतदानको सयम १० बजेसम्मलाई बढाइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर