‘ए’ डिभिजन लिगः बीबीसीसँग बराबरी खेल्दै जावलाखेलले जोड्यो पहिलो अंक – Nepal Press

‘ए’ डिभिजन लिगः बीबीसीसँग बराबरी खेल्दै जावलाखेलले जोड्यो पहिलो अंक

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो चरणको अन्तिम खेलमा जवलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब ९बीबीसी०ले गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा सोमबार भएको दोस्रो खेलमा दुवै टोलीले गोल गर्ननसक्दा अंक बाँडेका छन् । यो बराबरीसँगै अंकबिहिन रहेको जावलाखेलले लिगमा एक अंक जोडेको छ ।

जावलाखेलले गोलगर्ने थुप्रै अवसर सृजना गरेपनि स्कोरमा कन्भर्ट हुन सकेन । जावलाखेलका अनगुना जुनियरले १५औं मिनेटमा बीबीसीका गोलकिपर अन्जन श्रेष्ठ बिट भइसकेको अवस्थामा बक्सबाहिरबाट हानेको प्रहार सिक्स यार्ड बस्सबाट बाउन्स भएर क्रसबार माथिबाट बाहिरिएको थियो ।

यस्तै, जावलाखेलका मिडफिल्डर रुप बहादुर लामाले ३०औं मिनेटमा गरेको क्रसमा जुनियरले गरेको प्रहार गोल पोष्ट नजिकैबाट बाहिरिएको थियो ।

ब्रिगेडका लागि मिडफिल्डर दिनेश राईले ४०औँ मिनेटमा गरेको फ्रि–किक फ्रेममा परेन ।

यो बराबरीसँगै ब्रिगेड ४ खेलबाट ४अंकसहित नवौं स्थानमा छ । भने जावलाखेल एक अंक जोडेर रेलिगेसन जोनमा छ ।

पहिलो चरण्मा मनाङसँग १–० को नतिजामा हारेको जावलाखेल दोस्रो चरणमा सोहि १–० को नतिजामा पुलिससँग पराजित भएको थियो । तेस्रो खेलमा मछिन्द्रसँग २–० गोलको नतिजामा पराजित भएको जावलाखेल ।

पहिलो चरणको खेलमा एपीएफ क्लबलाई ३–२ को नतिजामा पराजित गरेको ब्रिगेडले दोस्रो चरणमा न्युरोड टिम९एनआरटी०सँग गोलरहित बराबरी खेलेको थियो । यस्तै, तेस्रा चरणमा आर्मीसँग १–० नतिजामा हारेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर