शहीद स्मारक ‘ए’ डिभिजन लिगको ५०औं गोल निरजको नाममा – Nepal Press

शहीद स्मारक ‘ए’ डिभिजन लिगको ५०औं गोल निरजको नाममा

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ५० गोल पूरा भएको छ ।

सोमबार संकटा क्लबका डिफेन्डर निरज बस्नेतले नेपाल पुलिस क्लबविरुद्ध गरेको गोल लिगमा ५०औं गोल भएको छ । उक्त गोलसँगै निरज लिगमा व्यक्तिगत तीन गोल गर्ने तेस्रो खेलाडी भएका छन् ।

उनले खेलको १८ औँ मिनेटमा लक्ष्मण रुचालले कर्नरबाट गरेको प्रहारमा हेडरमार्फत सुन्दर गोल गरेका थिए ।

उनले पहिलो गोल दोस्रो चरणमा फ्रेन्डस क्लब विरुद्धको खेलमा गरेका थिए । यस्तै दोस्रो गोल तेस्रो चरणमा मनाङ विरुद्ध गरेका थिए ।

यस्तै, यसअघि सातदोबाटामे युथ क्लबका अजयि मार्टिन्स र मछिन्द्र क्लबका सुनिल बलले लिगमा ब्यक्तिगत तीन गोल पुरा गरेका छन् ।

निरजको प्रदर्शनमा खुशी हुँर्दै पुलिससँगको जितपछि पोष्ट म्याच कन्फरेन्समा संकटाका प्रशिक्षक बिष्णु गुरुङले उनको प्रशांसा गरेका थिए ।

उनले भने – निरज एक उत्कृष्ट डिफेन्डर हो । मैले उसको भविष्य राम्रो देखेको छु । मैले मात्रै हैन सबैले देखिरहनु भएको छ । उसको खेल्ने शैली अट्याकिङ छ । हरेक दिन टे«निङदेखि लिएर प्रत्यक खेलमा सुधार गरिरहेको छ । र उसले आफुलाई हरेक खेलमा प्रमाणित पनि गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर