च्याम्पियन्स लिगको राउन्ड अफ–१६ को ड्र सार्वजनिक, मेस्सी र रोनाल्डो आमनेसामने हुने – Nepal Press

च्याम्पियन्स लिगको राउन्ड अफ–१६ को ड्र सार्वजनिक, मेस्सी र रोनाल्डो आमनेसामने हुने

काठमाडौं । च्याम्पियन्स लिगको राउन्ड अफ–१६ को ड्र सार्वजनिक भएको छ ।

यूईएफएले सोेमबार सार्वजनिक गरेको ड्र अनुसार पेरिस सेन्ट जर्मन (पीएसजी) र म्यान्चेस्टर युनाइटेडबिच प्रतिस्पर्धा  हुने भएको छ । यससँगै क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

गत सिजन मेसी र रोनाल्डो च्याम्पियन्स लिगको समुह चरणमा आमने सामने भएका थिए । जहाँ रोनाल्डोले युभेन्टसबाट २ गोल गर्दै बार्सिलोनाविरुद्ध ३–० गोलको नतिजामा जित निकालेको थियो ।

दुवै टोलीले २/१९ को च्याम्पियन्सलिगमा अन्तिम १६ मै आमने सामने भएका थिए । जहाँ, पहिलो लेगमा पीएसजीलाई युनाइटेडले ३–१ गोलको नतिजामा पराजित गरेको थियो । दोस्रो लेगमा पीएसजीले २–० ले हराएपनी युनाइटेड अवे गोलको आधारमा अन्तिम आठमा पुगेको थियो ।

यस्तै अन्तिम १६मा बेनफिका र रियाल मड्रिड, भिल्लारियल र म्यान्चेस्टर सिटी, एथलेटिको मड्रिड र बार्यन म्युनिख, साल्जवर्ग र लिभरपुल, इन्टर मिलान र आयाक्स, स्पोटिङ लिजवन र युभेन्टस तथा चेल्सी र लिले भिड्ने भएका छन् ।

अन्तिम १६ अन्तर्गत पहिलो लेग फेबुअरी १५/१६ र २२/२३ मा तथा मार्च ८/९ र १५/१६ मा हुनेछ । यस्तै, क्वाटरफाइनलको ड्र १८ मार्चमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *